अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१०
- A
- A-
- A+
बारा, निजगढ नगरपालिका-१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर बकैया गाउँपालिका-३ बस्ने ३३ वर्षीय लाल काजीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्र.३-०२-०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेकी महिलाले बोकेको झोला फाली जंगलतर्फ भागि फरार भएकोमा सो झोला र मोटरसाइकल चालक लाल काजीले बोकेको झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।