प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०३-१०

  • A
  • A-
  • A+
Share

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र ५ पिस नाईट्राभेट सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २९ वर्षीय सागर कुमार बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

से.३ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागर कुमारलाई खक्रौलास्थित चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०१-२५

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-३ पिपलाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।     इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र राईलाई अवैध लागूऔषध गाँजा ४ किलो ६ सय ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिनघरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।मकवानपुर, मनहरी गाउँपालिका-७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजा ३६ किलोसहित ३ जना सोमबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् । उक्त स्थानमा पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१४ हरिया कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय रबि खातीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ
२०८१-०१-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने १९ वर्षीय बिजय तामाङ र रौतहट बृन्दावन नगरपालिका-१ बस्ने ३५ वर्षीय धर्मेन्द्र ठाकुर रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको   हो ।  सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक मुडेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज २१७८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०१-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित चितवन भरतपुर महानगरपालिका-१८ बस्ने २६ वर्षीय नजिन थापा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा शाखाबाट खटिएको संयुक्त टोलीले नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज ००५१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-६ बढैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय जय किशन चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, सुन्दरहरैचा नगरपालिका-७ डाँडागाउँबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोही नगरपालिका-७ बस्ने ६३ वर्षीय देव चौधरी र सोही नगरपालिका-७ बस्ने वर्षीय ३८ वर्षीय दुर्गा प्रसाद फुयाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाइकल मार्फत गाँजा ओसार पसार गरी बिक्रीको लागि ल्याइदिने गरेको भनी खुल्न आएपछि  उक्त मोटरसाइकल चालक केरावारी गाउँपालिका-४ बस्ने ३१ वर्षीय सुविन राई समेत २ जनालाई करिब २ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । बाँके, बैजनाथ गाउँपालिका-४ जनमत टोल बस्ने ३२ वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०१-२३

        पर्सा, वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा करिब  १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सुनसरी, इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४५ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका- ७ देबरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०१-२२

धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ बिरेन्द्रबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ ग्राम ९ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सिरहा कर्जन्हा नगरपालिका-२ बस्ने ३५ वर्षीय ईन्दल साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले धारापानीबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल सहित चालक फरार भएको र मोटरसाइकलमा सवार ईन्दललाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त पदार्थ फेला परेको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।  मोरङ, रतुवामाइ नगरपालिका-६ कादुपाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँसहित भारत घर भएका ३४ वर्षीय फिरोज सिद्दकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-५ साउने ठिङ्बारीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २३ किलो ३ सय ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २४ वर्षीय पिन्टु यादव र २१ वर्षीय भरत यादव रहेका छन् । अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरीले को.३८ प ४१७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-२ बस्ने २३ वर्षीय रोशन गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम र नगद १० हजार रूपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देबरीया डेरा गरी बस्ने गौरिगंगा नगरपालिका-८ घर भएका २७ वर्षीय कबिन्द्र बखरीयालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम र नगद ३६ हजार रूपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राकसीराङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।