प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०७९-०३-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानीस्थित दिनेश दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ५६ वर्षीय कृष्ण काजी श्रेष्ठ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय १५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार