प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०७९-०३-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको  अवस्थामा सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो । 

हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०७-०३

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ढुङगेसाँघु इमाडोलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय अश्मिन केसी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने धनुषा घर भएका ३६ वर्षीय विशाल चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा विशाल समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-२२ पटिहानीस्थित होटल रिभरसाइडमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम ठकुरी समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६८ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०७-०१

काभ्रे, पनौती नगरपालिका-५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । रूपन्देही, तिलोत्तमा नगरपालिका-४ डिङ्गानगर सिद्धार्थ पथबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय तिलक वली समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ४ सय १० र ३ बुक तास सहित पक्राउ गरेको हो  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८३-०६-३०

३१ असोज सुनसरी, इटहरी उपमहानगरपालिका-१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका-२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका-५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ६ सय ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-१० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको  अवस्थामा धन बहादुर समेत ९ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०६-२९

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय हिमाल कुमार दाहाल समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग  बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार रूपैयाँ र ११ थान ओखर सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२६ बिजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय तिलक थापा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ बिष्णु चोक बस्ने सन्तोष कुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा  सन्तोष कुमार समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८३-०६-२७

पर्सा, वीरगंज महानगरपालिका-११ रानीघाटबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ रानीघाट बस्ने ३७ वर्षीय लखन साह कानु समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-७ सोनबर्षाबाट जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमार समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।