प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०७८-०६-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  झापा, दमक नगरपालिका-१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्वु लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुर, चाँगुनारायण नगरपालिका-४ खोरिया गाउँ बस्ने २१ वर्षीय ईश्वर तामाङको पुल हाउसमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत १६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार