प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियार सहित पक्राउ

२०७९-०३-२०

  • A
  • A-
  • A+
Share

रुपन्देही,  लुम्विनी साँस्कृतिक नगरपालिका-६ बसपार्कबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । उनीहरू सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद गरेको हो । घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निग्रानीमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।