प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

२०७९-०३-३१

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका-२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार