लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-०२
- A
- A-
- A+
बाँके, लागूऔषध मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-१५ बस्ने ३२ वर्षीय अजय कुमार चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७८ मंसिर ८ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ वर्ष २१ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।