प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक वर्षीया बालिका अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०७९-०४-०४

  • A
  • A-
  • A+
Share

मोरङ, बुढिगंगा गाउँपालिका-१ बस्ने १ वर्षीया बालिका अपहरण भएको घटनमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ रामपुर चोक बस्ने २७ वर्षीय रविन्द्र कुमार साह र सोही महानगरपालिका- ५ कारखाना टोल बस्ने  २७ वर्षीया अनु साह रहेका छन् । 

घटनाका मुख्य योजनाकार रविन्द्र साह र अनु साहले ती बालिकालाई अपहरण गरी प्र.०१-०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा सप्तरीको राजविराज हुँदै कुनौली पुर्‍याई दरभंगा पठाएको, रविन्द्र साहले अनु साहको मोबाइल मार्फत पीडित परिवारलाई फेसबुक लगायत सामाजिक संजालमा बालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

साथै भारतको विहार दरभंगामा अनु साह बालिकालाई लिएर बस्दै आएकोमा नेपाल भारतको बोर्डर एरियाबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले अपहरित बालिकालाई सकुशल उद्दार गरी अनु साहलाई प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न रविन्द्र साहलाई वुढिगंगा गाउँपालिका-१ स्थित निजले संचालन गरेको श्रीराम ट्रेडर्सबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट घटनामा प्रयोग भएको मोटरसाइकल, विभिन्न सामान र मोबाइलहरू प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर अपहरण तथा शरिर बन्धक मुद्दामा प्रहरीबाट अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।