अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-०६
- A
- A-
- A+
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्तीबाट ७८ ग्राम ३७ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ, १५ हजार भारतीय रूपैयाँ र ३ थान मोबइल सहित भारत लखिमपुर पलिया बस्ने २८ वर्षीय सुमित गुप्ता समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाजुरा, बुढिगंगा नगरपालिका-१ कुडी बस्ने २२ वर्षीय प्रकाश चदरालाई करिब ५ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।