प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

पाँचथर, हिलिहाङ गाउँपालिका-६ मालबासे बस्ने २३ वर्षीय टेकेन्द्र साउदिनलाई १ थान भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । टेकेन्द्र साउदिनले श्रीमतीलाई कुटपिट र सासुलाई काट्छु मार्छु भन्ने धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको प्रहरीले खोजी गर्दा उनले दाजु भिम बहादुर साउदिनको घरमा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी टेकेन्द्रलाई पक्राउ गरेको हो । 

सिरहा, कर्जन्हा नगरपालिका-५ स्थित खाल्डे खोलाको किनारबाट १ थान भरूवा बन्दुक सहित सोही नगरपालिका-११ बस्तिपुर बस्ने ३० वर्षीय सत्रुधन शाहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । शाहले साईकलमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

रूकुम पूर्व, भुमे गाउँपालिका-७ स्थित डाग्रीवाङको जंगलबाट ६ नाल साबुत र १ नाल वेसाबुत गरी जम्मा ७ थान भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।