प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

२०७९-०४-०९

  • A
  • A-
  • A+
Share

सल्यान, बागचौर नगरपालिका-२ थारमारे बजारस्थित ईन्द्रेणी होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही नगरपालिका-३ बस्ने ४१ वर्षीय खुम बहादुर ओली लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय रूपैयाँ, मोबाइल ८ थान र  ५ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार