प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

२०७९-०४-०९

  • A
  • A-
  • A+
Share

रुपन्देही, एक युवतीलाई निजि तस्बीरहरू सामाजिक संजाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका-९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका-१ का १७ वर्षीया किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अबस्थामा शनिबार राति फेला पारेको थियो । ती युवतीलाई सोधपुछ गर्दा ती किशोरले ती युवतीको बिभिन्न फोटाहरु फेसबुकमा राखी भाईरल गरिदिन्छु भन्दै ब्ल्याकमेल गरी शनिबार साँझ भेट्न बोलाई हामीलाई यौन सम्पर्क गर्न देउ अनि बल्ल तिम्रो फोटाहरु फालिदिन्छौ भनी त्रासमा पारी उनीहरूले जबरजस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको भन्ने खुलेपश्चात घटनामा संलग्न उनीहरूको खोजी गर्ने क्रममा सैनामैना नगरपालिका-७ देउवापारमा फेला दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट युवतीको निजि तस्विर भएको १ थान मोबाइल बरामद भएको छ । 

उनीहरू उपर करणी सम्बन्धी कसुर ( जबरजस्ती करणी उद्योग ) मा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ  ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।