प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रविधिमार्फत धम्की दिने र समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ३६ जना पक्राउ

२०७९-०४-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित स्काई वोर्ल्ड सर्भिस सेन्टरमा अवैध तवरले कामदारहरू राखी विभिन्न प्रकारका प्रविधिमार्फत धम्की दिई रकम मोल मोलाई गर्ने तथा समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा १ जना चिनियाँ नागरिक, २ जना भारतीय नागरिक र ३३ जना नेपाली नागरिक सहित ३६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा उक्त सेन्टरका प्रशासन प्रमुख चिनियाँ नागरिक ४३ वर्षीय HU Yuehua,  भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी तथा १९ वर्षीय नेहा गुप्ता र नेपाली नागरिक २८ जना पुरूष तथा ५ जना महिला सहित ३३ जना रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरू समेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उक्त सेन्टरबाट नगद ८ लाख २९ हजार रुपैयाँ, ३ सय ६२ थान ल्यापटप, ७ सय ४८ थान कम्युटर र १ थान डिभिआर समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।