प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्ति पक्राउ

२०७९-०४-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस नदिएमा एसिड हान्दिन्छु’ भन्दै अति सम्वेदनशील बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी  समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट/अपलोड गर्ने कार्यमा संलग्न भुसाललाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को सहयोगमा नवलपरासी कावसोतीबाट पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।  

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।