अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-१२
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१४ बस्ने साहिल राईलाई करिब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-१५ स्थित प्यूठानी होटेलमा कोही नभएको अवस्थामा नगद १० हजार चोरी गरी राई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।