प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७९-०४-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा गोरखा धार्चे गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङ समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

बझाङ, जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्का समेत ११ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार