प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाँका गर्न नहुने कसूरमा संलग्न पाँच जना पक्राउ

२०७९-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-७ चाबहिल सरस्वतीनगरमा खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-१० स्थायी वतन भएकी ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायतका धनमाल डाँका गरेको कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिबन गाउँपालिका-४ घर भएका २४ वर्षीय उत्तम तामाङ, गोकणेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका घर भएका २२ वर्षीय कल्याण कुमार सुबेदी र काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका-५ घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् । 

कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा तत्काल नाम, थर, वतन नखुलेका ३ जना ब्यक्तिहरू सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल डाँका गरेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उतम तामाङको साथबाट नगद २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल लगायतका दशी प्रमाण बरामद गरेको छ । 

उनीहरू उपर डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।