प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

सल्यान, बागचौर नगरपालिका-३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ गोठीवन बस्ने ३९ वर्षीय  लिलमान भण्डारी लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सो ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार