अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०७९-०४-२६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ४ किलो २ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ थाक्रे गाउँपालिका-२ बस्ने ४५ वर्षीया माईली तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख २०९९ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईलीलाई झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-९ भवानिपुर बस्ने २४ वर्षीय पुष्पराज गिरीलाई करिब ९ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर र ४५ ग्राम लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुष्पराजले आफ्नै कोठामा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ मारुसिन कम्पनी नजिकबाट ३ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही नगरपालिका-३ चिसापानी बस्ने ४० वर्षीय विजय मल्ललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा विजयले पाईन्टको खल्तीमा बोकी राखेको उक्त हेरोईन फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।