प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७८-०६-२५

  • A
  • A-
  • A+
Share

प्युठान, 

प्यूठान नगरपालिका-४ जुम्रीस्थित ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार