नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०४-३१
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१८ सुन्दर बजारबाट नियन्त्रित लागूऔषध ५६ ट्याब्लेट ट्रामाडोल, ५३ ट्याब्लेट स्पास्पेइन र १४ ट्याब्लेट नाइट्रोजन सहित धरान उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय मिलन थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
को.१० प २५६१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।