प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रृंखलाबद्ध डाँका घटनामा संलग्न तीन जना पक्राउ

२०७९-०४-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रबेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डाँका कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ तालामाराङ ठेगाना भएका सागर भन्ने ३८ वर्षीय राम सिंह तामाङ, काठमाडौं जोरपाटी बस्ने मकवानपुर वाग्मती गाउँपालिका-८ ठेगाना भएका ३८ वर्षीय दिल बहादुर सिङतान र जोरपाटी बस्ने मकवानपुर बकैया गाउँपालिका-५ ठेगाना भएका शुशिल भन्ने ३५ वर्षीय बाबुलाल थिङ रहेका छन् । 

काठमाडौं कीर्तिपुर नगरपालिका-६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको साथै उपत्यकाका विभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डाँका चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूले डाँका गर्ने क्रममा परिवारका सदस्यहरूको हात बाँधि मुखमा टेप लगाउने, आफूहरूलाई कहिले प्रहरी हौँ खानतलासी गर्न आएको भन्ने तथा कहिले सशस्त्र समूह हौँ तपाईहरूको घरमा अवैध धन लुकाएर राखेको रहेछ देखाउनुस् भनि डर, धम्की देखाउने, डाँका गर्ने घरमा अगाडि नै रेकी गरी घरधनीलाई भेटी तपाईको घरमा पुरानो टिभी रहेछ भित्रको सामान बहुमुल्य हुन्छ २ लाखसम्म आउँछ भनी घरको कोठाहरू अवलोकन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनीहरू यस अगाडि पनि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।  

उनीहरूको साथबाट प्रहरीले डाँका चोरी गरेको नगद १ लाख ४२ हजार १ सय ५ रूपैयाँ, २ थान खुकुरी, १ थान रड, १ थान मोटरसाइकल र ५ थान मोबाइल बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।