अवैध लागूऔषध सहित पक्राउ
२०७९-०५-०१
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१३ गंगापुर बस्ने ३३ वर्षीय बिकाश सिंह र ३६ वर्षीय प्रमोद सिंह रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको भे.८ प ७०८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, नगराईन नगरपालिका-२ जटहीबाट १० किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४५ वर्षीय डोमा सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरी चौकी लग्माबाट खटिएको प्रहरीले सदाको घरमा तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।