प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, सार्वजनिक सवारी साधनमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई बेहोस बनाई धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी साधन तथा यात्रुहरुलाई जाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ९७१५ नम्बरको बसमा सवार परियारले आफूसँगै सिटमा सवार यात्रुलाई बिस्कुटमा स्लिपिङ्ग ट्याब्लेट मिसाई खुवाई बेहोस बनाई निजको धनामाल चोरी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । बेहोस भएका यात्रुलाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ । 

साथै परियारको साथबाट ओरियो बिष्कुट ३ प्याकेट, घडी ४ थान, पर्स २ थान,  एटिएम कार्ड २ थान, नगद १४ हजार ५ सय २० रूपैयाँ, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ थान, पावर बैंक १ थान, सिम कार्ड ४ थान, र स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित) को पत्ता २ थान प्रहरीले बरामद गरेको छ ।  

उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।