प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार