अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०७९-०५-०५
- A
- A-
- A+
बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजा सहित चितवन राप्ती नगरपालिका-१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।