कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-०६
- A
- A-
- A+
कपिलवस्तु, महाराजगंज नगरपालिका-२ पडरीया बस्ने ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६३ वर्षीय अब्दुल हक मुसलमान र उनकै २० वर्षीय छोरा सम्साद मुसलमान रहेका छन् ।
सोही ठाउँस्थित सिचाई गर्ने कुलोको विषयमा उनीहरुले अब्दुल जब्बार धुनिया र सोही ठाउँ बस्ने ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुबै जनालाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका अब्दुल जब्बार धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अब्दुल रहमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।