प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०७९-०५-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ काँडाघारी सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार