प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७८-०६-२८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार