प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०७९-०५-२६

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार