प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

२०७९-०५-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, कर्तव्य ज्यान मुद्दामा ईन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने राजिव कुमार मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

राजिव कुमार समेतका २ जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७८ चैत २८ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मण्डल उपर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा आवश्यक समन्वय गरेपश्चात इन्टरपोलद्वारा २०७९ भदौ १४ गते रेड नोटिस जारी गरिएको थियो । सो क्रममा ईन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिई आएको प्रहरी टोलीलाई बुझाएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।