प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली सहित पक्राउ

२०७९-०५-३१

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड सहित बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस सलामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलको १०४ नम्बरको कोठामा सन्तोस बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।