प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०७९-०६-०५

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार