प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा नौ जना पक्राउ

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

ईलाम, चुलाचुली गाउँपालिका-५ पकुवामा झापा दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शर्णार्थी शिविर बस्ने ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङको हत्या गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालका-४ का २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई रहेका छन् । 

लाल बहादुरलाई बुधबार साँझ १०/१२ जना अपरिचित ब्यक्तिहरुले दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएकोमा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घट्‍ना भएको ३ दिन अगाडि गुरुङले नरेन्द्र तुम्रोकको भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको घट्‍नाको बदला लिन आरोपीहरुले गुरूङलाई कुटपिट गरी मार्नेसम्मको योजना बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा प्रयोग भएको खुकुरी, ढुङ्गाहरु तथा गुरूङले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको समेत प्रहरीले बरामद गरेको छ । 

घटनामा संलग्न अन्य ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।