प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

जाजरकोट, कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने मोहित भन्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई १ थान ग्रिनेट, १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईन्द्र बहादुर समेत भएको कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले नलगाड नगरपालिका-५ ऐरारीमा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।