प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खुस्थित बिएण्डबि  रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय गोपिलाल सुनार लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त सेकुवा कर्नरमा  जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ५ सय २५ रुपैयाँ र  ३ बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायक भत्केकोपाटीस्थित चिकेन स्टेशनमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय रामसुन्दर दुवाल लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । चिकेन स्टेशनमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १४ हजार ९ सय ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार