प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं,  चोरी मुद्दाका फरार प्रतिवादी गोकर्णश्वर नगरपालिका-६ जोरपाटी ठेगाना भएका ४३ वर्षीय राजु तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित घरबाट नगद, घडी, सुनचाँदीका गहनाहरू समेत गरी १५ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल २०७९ वैशाख १५ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट नगद, सुन जस्तो देखिने सिक्री तथा फलामको रड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  

राजुलाई यस अघि विभिन्न मितिमा चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट कैद तथा जरिवाना, चोरी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ वर्ष कैद र नगद ५० हजार रूपैयाँ जरिवाना र उच्च अदालत पाटनबाट ३ वर्ष कैद र नगद ३० हजार रुपैयाँ जरिवाना हुने ठहर  भएकोमा उनी २०७८ असोज ३ गते कैद भुक्तान गरी छुटेको खुल्न आएको छ । 

उनलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।