प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७८-०७-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले  उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४  बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार