प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध हातहतियार सहित पक्राउ तथा बरामद

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

पाँचथर, याङवरक गाउँपालिका-३ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकबाट एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ४ वटा छर्रा र ३ थान टर्चलाईट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नागीथर्पुबाट खटिएको प्रहरीले उक्त मन्दिर नजिक बाटोमा वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।