टिपर चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०६-१२
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१ सिमपानीबाट उनलाई टिपर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।