प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०७९-०६-२१

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-६ रिठ्ठेपानीस्थित संजय सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा संजय सुनारसहित ११ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ७० रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार