प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७९-०६-३०

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-४ बस्ने ओम बहादुर पुन मगरको घरबाट तास खेलिरहेको अवस्थामा ओम बहादुर पुन मगर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ हजार २ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार