प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

२०७९-०७-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-७  कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका ३७ वर्षीय सुरज तामाङ्ग समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण बहादुर खत्री समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बटनपुर बस्ने ३९ वर्षीय महेन्द्र साउँद समेत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ । 

सम्बन्धित समाचार