प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित पक्राउ तथा बरामद

२०७९-०७-०४

  • A
  • A-
  • A+
Share

बाजुरा, त्रिवेणी नगरपालिका-७ कोकोट्ट्यारीबाट भरुवा बन्दुक १ थान, बारुद करिब ४० ग्राम र गोली बनाउन प्रयोग गरिने फलामका टुक्रा १० वटा सहित सोही ठाउँ बस्ने ४५ वर्षीय नयाँ लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बडिमालिकाबाट खटिएको प्रहरीले लुहारलाई घर भित्र लुकाई राखेका उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 

बागलुङ, ढोरपाटन नगरपालिका-४ लुकुरबन बस्ने ५० वर्षीय खिमे भन्ने गोरे सुनारको घरबाट भरुवा बन्दुक १ नाल बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखिएको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार गोरे सुनारलाई प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।