प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०७९-०७-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ८० रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार