प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०७९-०४-१७

  • A
  • A-
  • A+
Share

मोरङ, उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दिपक बिश्‍बकर्मालाई १ थान अवैध भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी दिपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।