प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०७९-०७-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं,काठमाडौं महानगरपालिका-६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार