प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

दोलखा, गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई १ थान भरूवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

निमपासाङ र सोही ठाउँ बस्ने उनकै काका नाता पर्ने पासाङ शेर्पाबिच झै-झगडा भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पासाङ शेर्पासँग सोधपुछ गर्दा निमपासाङले सामान्य बादबिबादमा भरुवा बन्दुक बोकी आएको भन्ने बताएपछि निमपासाङलाई उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।