प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-३ सूर्य दर्शन हाईटस्थित फुड किङ्ग दरबार रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भई टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय शेषमान तामाङ लगायत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई १ हजार दरको १ सय वटा क्वाइन, २ हजार दरको १ सय ४० वटा क्वाइन र ५ हजार दरको ५४ वटा क्वाइन समेत गरी जम्मा ३ सय ४ वटा क्वाइन र तास ३ बुक सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार